लाखे तथा दाफा भजन अक्षय कोष (अपडेट)
कृष्ण जन्माष्टमी मेलाको रौनक भनेको दाफा भजन सहितको लाखे नाच हो । यसलाई हाम्रा पिता-पुर्खाले यहॉंसम्म ल्याइ पुर्याए । टक्सारमै हुनेले प्रत्यक्ष देखेर, हेरेर आफ्ना शारीरिक, मानसिक तनाव भुलेर जात्राको स्वच्छन्द वातावरणमा कावा खाँदाको त्यो स्वर्गीय आनन्दको रसपान गरे नै । टक्सारदेखि नौ डॉंडा कटेका तथा सात समुद्र पारिकाले पनि फेसबुकमा राखिएका भिडियो मार्फत् दाफा भजनको तालमा प्रस्तुत लाखे नृत्य हेर्न पाएर धन्य भए ।
टक्सारबाट बसाइँ सरेर धरान, बिराटनगर, उर्लाबारी, बिर्तामोड, दमक, फिदिम, इलाम, खाँदबारी, हेटौंडा, नारायणघाट, बीरगञ्ज, काठमाडौं, ललितपुर, भक्तपुर लगायत नेपालका प्रमुख शहरहरूमा टक्सारे लाखेको प्रतिकृति(रिप्लिका)को रूपमा भोजपुर टक्सारको लाखे भनेर, चिनिएर लाखे नाच्छन्, नचाउँछन् । तर दाफा भजन सहितको लाखे नाचको मूल थलो, मुहान टक्सार बजारको यो सॉंस्कृतिक धरोहरलाई यस्तै जिउँदो, जाग्दो बनाएर जोगाइ राख्नु हाल टक्सारमा रहेका १ दर्जन वा १ कोरी परिवारको मात्रै जिम्मेवारी हो त ?
कुनै बहुमूल्य बस्तुको महत्व गुमाए पछि मात्र थाहा हुन्छ । घर परिवारबाट टाढिएका विदेशिएकाहरूले घर परिवारको माया कस्त़ो भन्ने बुझ्दछ । आफूले श्रम पसिना पोखेर कमाएपछि बाउ आमाले कसरी हुर्काए बढाए जान्दछ । देश गुमाएर पराधीन भएपछि स्वदेशको माया र गुमाउनुको पीडा महसूस गर्दछन् । तब त देशप्रेम, देश भक्तिका लागि मर्न र मार्न हिच्किचाउँदैनन् । बरू शहिद हुन्छन् । टक्सारको दाफा भजन र लाखेको सवालमा पनि यिनै कुराहरू लागू हुन्छन् ।
लाखे नेवाः बस्ती भएका अधिराज्यका सम्पूर्ण प्रमुख शहरहरूमा नचाइन्छ - रहरले, मनोरञ्जनका लागि, संस्कृति संरक्षण र प्रवर्द्धनका लागि । अचेल त पैंसा कमाउन गैर नेवाःहरूको झुण्ड पनि बैण्ड बाजा बजाएर लाखेको नाममा बुख्याचा बनेर उफ्रिन थालेको छन् । तर टक्सारको दाफा भजन सहितको लाखे परम्पराको आफ्नै मौलिकता र विशेषता छ ।
बसाइँ सराइ वा लाहुरे बन्नु कसैको रहर, कसैको बाध्यता होला । गाउँमा सडक बाटो पुगेपछि टक्सारको दिन फिर्छ भन्थे । त्यो पनि आधा सत्य साबित भइदियो । गाउँमा हजार कमाए पनि दुःख-सुखले जीविकोपार्जन गर्दै गरेकाहरू बिेदेश गएर लाखौं कमाउन थालेपछि गाउँ फर्कनै बिर्से । शहर पसेका र विदेशमा जमेकाहरू गाउँमा पुग्न जुग लाग्ने भयो । कतिको सास मात्र आइ पुग्छ ; कतिको लाश । यस्तो परिस्थितिमा टक्सारमै रहेर संस्कृति, संस्कारहरू सम्हाल्ने जिम्मा टक्सारमै ठच्चिएर बसेका टक्सारेहरूको मात्रै हो त ?
आजको एक्काइसौं शताब्दीमा आइ पुग्दा पनि दुई सय वर्ष अघिको कला तथा निधिको जगेर्ना तथा विकासका खातिर “लाखे तथा दाफा भजन अक्षय कोष” को स्थापना गरिएको छ । यसका लागि एभरेष्ट बैंक लिमिटेड, भोजपुर शाखामा तपसील बमोजिमको बचत खाता (Saving Account) खोलिएको छ ।
Bank Name:
Everest Bank Limited
Bhojpur Branch
A/C Holders Name:
Prem Kumar Shakya/Chandra Krishna Tamrakar/Yogesh Kumar Udas
Account No. - 05100501201647
(एकाउण्ट नम्बर सम्झन सजिलोको लागि
05100 50120
...
https://www.youtube.com/watch?v=C0427vkda9A
पुनर्संरचित संघीय नेपालका सात प्रादेशिक इकाईहरुले नम्बरदेखि आफ्नो विशिष्ट पहिचानका आधारमा नामकरण गर्ने काम अझै सकिएको छैन । ६ प्रादेशिक राज्यहरुले नामकरण गरे पनि १ नम्बर प्रदेश भने अझैं अन्यौलमा छ । १ नम्बर प्रदेशका सभासदहरुलाई टुङ्गोमा पुग्न निकै सकस परेको छ । पाँच वर्षमा नाम राख्न नसक्ने कंलक बोक्ने सम्भावना बढेको बेला चर्चामा आएका किरात, सगरमाथा, कोशी, सप्तकोशी, नामहरु देखिन्छन् । एकल पहिचान वा बहु पहिचान या अरु कुनै भाष्यका आधारमा नाम राख्ने प्रयत्न भएको छ ।
तर बहुसंख्यक वासिन्दाहरुको भने पहिचानका आधारमा एकल होस वा बहु माग जिउँदो बनेको छ । यतिबेला एकअर्काप्रति अनेकन लाञ्छना लगाउँदै तित्तता बढाउने सम्भावना पनि बढ्दै गएको छ । यस्तो बेला जनप्रतिनिधिहरुले इमान्दारितापूर्वक आग्रह र पूर्वाग्रह नराखिकन प्रदेश नामकरणको लागि जुट्नु आवश्यक छ । बहुमत वा अल्पमतका आधारमा भन्दा पनि साझा धारणा बनाउँदा सबैभन्दा उत्तम हुन्छ । किनभने एकमत हुन सकेन भने त्यसले पुराना तुसहरुलाई नकारात्मक ऊर्जाको रुपमा सञ्चार गर्ने खतरा हाम्रो सामु छ । तसर्थ प्रदेश नामकरण गर्दा निर्जिव नामलाई राख्नु भन्दा पहिचान दिने नामलाई नैं अघि सार्नु श्रेयस्कर हुन्छ । किनकि भावनात्मक रुपमा जुन कुरा स्वीकार हुँदैन्, कालान्तरमा त्यसले द्वन्द्वलाई मलजल गर्छ । तसर्थ समय छँदै ध्यान दिन आवश्यक छ ।
पहिचानवादीले देश विखण्डन चाहेका होइन्, देशप्रति अपनत्व दर्शाउन चाहेका हुन भन्ने कुरा पहिचानविरोधीहरुले बुझ्न आवश्यक छ । यो बुझ्ने वित्तिक्कै ९९ प्रतिशत समस्या हल हुन्छ । जवर्जस्त रुपमा एक भाषा–एक भेष र एक देशको राग मात्रै अलाप्ने र भविष्यमा खडा हुन सक्ने समस्याहरुलाई आंकलन गर्न नसक्ने हो भने देशको भविष्य डामाडोल हुन सक्छ । यसले विद्वेष फैलाउँछ, वितृष्णा पैदा गर्छ, विद्रोह र अशान्ति पैदा गर्छ । जुन नेपाल र नेपालीको लागि हितकर हुँदैन । किनभने नेपाल भनेको बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश हो । यो देश मेरो हो भन्ने भावना जागृत गराउन आवश्यक छ । राज्य सत्ता र शक्तिको आडमा मात्रै गर्ने निर्णयले फलदायी हुँदैन् । तसर्थ जनभावनाको पनि कदर गर्न आवश्यक छ ।
अहिले प्रस्तावित नभएका तर चर्चामा ल्याएका नामहरुमध्ये ऐतिहासिक आधारमा नामकरण भनिएको किरात प्रदेशबारे यस आलेखमा चर्चा गर्न आवश्यव ठान्छु । पहिलो कुरा त किरात कुनै खास जाति होइन भन्ने कुरा सबैले दिमागमा राख्नु आवश्यक छ । ऐतिहासिक ग्रन्थहरुको आधारमा किरात एउटा भूगोल हो, संस्कृति र सभ्यता हो भन्ने सत्य कुरालाई स्वीकार्न सक्नु पर्छ । यो तथ्यलाई धेरै अध्ययनले प्रमाणित गरेको छ । स्वदेशी तथा विदेशी सबै खाले इतिहासकार, अन्वेषक र अध्येताहरु यो कुरासँग सहमत छन् । महाभारतर रामायण जस्तो स्मृतिग्रन्थको आधारमा १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न सकिन्छ । महाभारतको सभापर्व (१४।२०) मा बङ्ग, पुण्ड्र किरातेषु राजा बलसमन्वितः प��
...
https://www.youtube.com/watch?v=bWM4meQp-VM